नयाँ सत्ता समीकरणकाे सहमतिपछि ओलीले बाेलाए एमाले सचिवालय बैठक

फाइल तस्विर
फाइल तस्विर

नेकपा (एमाले)ले सचिवालयको बैठक बोलाएको छ।

नेपाली काँग्रेससँग नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ। बैठकमा काँग्रेससँग भएको सहमतिबारे जानकारी दिने र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। काँग्रेससँगको सहमतिअनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने भएका छन्।

प्रकाशित मिति: : 2024-07-02 10:09:00

प्रतिकृया दिनुहोस्