
बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ (चाैधरी)ले संसदीय दलको नेताबाट हटाएकाे बारेमा आफूलाई कुनै जानकारी नभएकाे बताएकी छन्।
आइतबार नाउपाका तीनजना सांसदहरूले हस्ताक्षर गरेर रञ्जितालाई संसदीय दलकाे नेताबाट हटाइएकाे निर्णय सार्वजनिक गरेका थिए। याे पार्टीका चारजना सांसद छन्।
संसदीय दल बैठक भनिएकाे तीनजना सांसदकाे छलफलबाट रञ्जिताकाे ठाउँमा गंगाराम चौधरी र रेशम चौधरीका बुबा लालबीर चौधरीलाई प्रमुख सचेतक बनाइएकाे निर्णय उनीहरूले सार्वजनिक गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरकाे तयारी गरिरहेका बेला नाउपाले संसदीय दलकाे नेता परिवर्तन गरेकाे हाे।
तर, यसबारेमा आफूलाई कुनै जानकारी पनि नभएकाे र विज्ञप्तिमा राखिएका सांसदका हस्ताक्षर डिजिटल कपी भएकाे श्रेष्ठले बताइन्।
‘यसबारेमा मलाई कुनै पनि जानकारी छैन। मलाई थाहा पनि छैन। संसदीय दलकाे बैठक नै बसेकाे छैन’, उनलले भनिन्, ‘संसदीय दलकाे बैठक बसेकाे भनेकाे दिन आइतबार गंगाराम चौधरी राजधानी बाहिर हुनुहुन्थ्याे।’
उनकाअनुसार हस्ताक्षर गरेका भनिएका अरुण चौधरीले पनि आफूले हस्ताक्षर नगरेकाे बताएका छन्। ‘त्याे पुरानै बैठकको हस्ताक्षर हाेला। पहिला नै रेशमजीकाे अध्यक्षतामा बसेकाे बैठकमा सबैले हस्ताक्षर गर्नुभएकाे थियाे’, उनले भनिन्, ‘त्यही हस्ताक्षर चाेरिएकाे हाेला।’
रेशम चौधरीसँगकाे ‘घर झगडा’पछि रञ्जिता-रेशमकाे सम्बन्धमा तिक्कता बढेकाे छ।
पछिल्लाे समय रञ्जिता प्रधानमन्त्री प्रचण्डसँग नजिकिन थालेपछि रेशम झन असन्तुष्ट छन्।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया