प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयाे कुराकानी?

Break n Links
Break n Links

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

दुई नेताबीच आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो।

उनीहरूबीच समसामयिक विषय, सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बताइएको छ।

यसअघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएपछि राजनीतिक वृत तरंगित भएको छ।

हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

याे पनि...
प्रकाशित मिति: : 2024-06-30 12:47:00

प्रतिकृया दिनुहोस्