नदीले कहिले पाउलान् कानूनी हक?

हिमाल खबर

जिवेश झा र विष्णुचन्द्र नेपाली

मानव सभ्यताको विकास नदी किनारमै भएको मानिन्छ। अझ नेपाल त नदीनालाकै देशका रुपमा चिनिन्छ। नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन्, जो सताब्दियौंदेखि यो माटो र मानव सभ्यतालाई सिंचित बनाउँदै आइरहेका छन्।

नेपालसँगै संसारका कयौं नदीसँग मानव सभ्यता जोडिएका छन्। विश्वका केही नदीहरू संसारभर प्रख्यात छन्। जस्तो एशियाको याङ्सी, भोल्गा, अफ्रिकाको नाइल, उत्तर अमेरिकाको मिसिसिपी, दक्षिण अमेरिकाको अमेजन, अस्ट्रेलियाको डार्लिङ एन्ड मरे नदी।

यद्यपि, मानव समाजले भने नदीनालाको स्वच्छताका लागि गम्भिर हुन सकेको छैन। जनसंख्या वृद्धि र त्यसले निम्त्याएको प्रदूषणले नदीनालाको अधिकार र संरक्षण हुन सकेको छैन। यसबारे सभ्य समाज मौन हुनु आफैमा दुर्भाग्यपूर्ण हो।

मानवको अस्तित्वभन्दा पुरानो अस्तित्व रहेको नदीको अधिकार र संरक्षणबारे विश्व समाज वौद्धिक र कानूनी बहसमा जुटेको छ। नेपाल पनि यसबारे चिन्तित र अग्रसर देखिन्छ। सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसकै रुपमा मनाउनुले वातावरण संरक्षणप्रति राज्य संवेदनशिल रहेको दर्शाउँछ।

प्रकाशित मिति: : 2024-06-29 09:35:00

प्रतिकृया दिनुहोस्