नेपाल आइडल सिजन–५ को उपाधि करण परियारलाई

Break n Links
Break n Links

गायन रियालिटी शो नेपाल आइडल सिजन–५ को उपाधि करण परियारले जितेका छन्।

शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा बर्दियाका परियाले पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै उपाधि जितेका हुन्।

उनले नगद २५ लाख र ट्रफीसहित थुप्रै उपहारहरू प्राप्त गरेका छन्।

एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण भएको थियो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएका थिए।

पाँचौं संस्करको निर्णायकमा न्ह्यु बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी रहेका थिए। उनीहरूले देशभरिबाट अडिशनमार्फत नयाँ प्रतिभाको खोजी गरेका थिए।

नेपाल आइडल सिजन–५ को फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा भए। गुरुङले १० लाख नगद र ट्रफी पाए भने विश्वकर्माले ५ लाख नगदसहित ट्रफी हात पारेका थिए। विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गरेका थिए।

प्रकाशित मिति: : 2024-06-22 23:00:00

प्रतिकृया दिनुहोस्