राजदूतकाे भागबन्डा मिल्याेः आजै नियुक्तिको तयारी

Break n Links
Break n Links

सत्तासीन तीन दलका शीर्ष तीन नेताले रिक्त ११ देशको राजदूतमा भागबन्डा मिलाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुंगो लगाएको रास्वपाका महामन्त्री मुकुल ढकालले जनाएका छन्।

स्रोतका अनुसार रिक्त ११ राजदूतमध्ये एमालेले ८, राष्ट्रिय स्वतन्त्र पार्टीले २ र माओवादी केन्द्रले १ मात्रै पाउने सहमति भएको छ।

एमाले स्रोतका अनुसार आज अपराह्न चार बजे बस्ने मन्त्रिपरिषद्को बैठकले ११ मध्ये केही देशको राजदूत टुंगो लगाउने छ।

गत जेठ २४ गतेको मन्त्रिपरिषद्को बैठकले भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, पोर्चुगल, इजरायल, साउदी अरब, मलेसिया, डेनमार्क, कतार र स्पेनका राजदूत फिर्ता बोलाउने निर्णय गरेकाे थियाे। राजदूत फिर्ता गर्ने सरकारको निर्णयको विपक्ष दलहरूले आलोचनासमेत गरेकाे थियाे।

प्रकाशित मिति: : 2024-06-21 10:24:00

प्रतिकृया दिनुहोस्