तस्करीको १ किलो सुन बेच्दा ३० हजार कमिसन

रातोपाटी

काठमाडौं

 सुन तस्करीमा पाटनको ‘टन्च हाउस’ र न्युरोडको सुन रिफाइन गर्ने व्यापारी पनि जोडिएका छन् । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुनबारे दोस्रो चरणको अनुसन्धानमा टन्च हाउस र सुन रिफाइन पसल सञ्चालकको पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

काठमाडौँ उपत्यकामा सुनको गुणस्तर परीक्षण गर्ने ‘टन्च हाउस’ चलाउनेहरूलाई बम्बैया भनेर चिनिन्छ । तिनै बम्बैयाहरु तस्करीको सुन कारोबारमा संलग्न देखिएका हुन् । चिनियाँहरूसँग सुन लिएर भक्तपुर घर भएका राजु खत्रीले बम्बैयाहरुलाई सुन बेच्ने गरेका थिए ।  ३९ वर्षका राजु खत्री अहिले सीआईबीको हिरासतमा छन् । सूर्यविनायक–९ घर भएका खत्रीलाई सुन तस्कर समूहका सदस्यले राजु दाइ, भान्जा तथा राजु पलाँसे भनेर चिन्छन् ।

प्रकाशित मिति: : 2024-06-17 09:40:00

प्रतिकृया दिनुहोस्