भारतका प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीको सेल्फी पुन: भाइरल

photo: Agency
photo: Agency

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल छ।

इटालीमा जी- ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो। त्यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए।

यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीले लिएको सेल्फी भाइरल भएको छ। मोदी र मेलोनीलाई सामाजिक सञ्जालमा ‘मेलोडी’ उपनाम दिइएको छ र यस सेल्फीलाई मेलोडी सेल्फी २.० भनिएको छ।

यसअघि कोप- २८ समिटमा लिइएको मोदी र मेलोनीको सेल्फी पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो। र, लाखौं मेम्स बनाइएको थियो।

प्रकाशित मिति: : 2024-06-15 15:39:00

प्रतिकृया दिनुहोस्