प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

Break n Links
Break n Links

सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ। 

आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संसद् सचिवालयले जनाएको छ।

प्रकाशित मिति: : 2024-06-14 06:40:00

प्रतिकृया दिनुहोस्