जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

Break n Links
Break n Links

जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन्।

जनकपुरमा जारी महाधिवेशनअन्तर्गत बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन्।

यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो। त्यति बेलादेखि नै उनी निरन्तर अध्यक्ष रहँदै आएका छन्।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवारी परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन। मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय समितिका लागि साेमबार बिहान ८ः३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनबाट दुई सय एक सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुनेछन्। त्यसमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एकजना चयन हुनेछन्। 

प्रकाशित मिति: : 2024-06-12 13:18:00

प्रतिकृया दिनुहोस्