चाबहिलमा एक पुरुषले लगाए आफ्नै शरीरमा आगो, श्रीमती र छोरीसहित ५ जना घाइते

Symbolic photo
Symbolic photo

काठमाडौँकाे चाबहिलमा एक पुरुषले आफैँमाथि पेट्रोल छर्केर आगो लगाएका छन्।

बुधबार चाबहिलको सरस्वती नगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले आफैँलाई आगो लगाउँदा श्रीमती र ३ छोरी घाइते भएका छन्।

सिंहकाे शरीरमा लागेका आगो निभाउने क्रममा ४४ वर्षीया श्रीमती बिन्दु सिंह, छोरीहरू २४ वर्षीया सुप्रिया, १६ वर्षीया समृद्धि र ८ वर्षीया सुहानी घाइते भएका हुन्।

उनीहरूलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएकाे छ।

सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति श्रीमतीसँग झगडा गरेपछि आगो लगाएकाे प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: : 2024-06-05 13:21:00

प्रतिकृया दिनुहोस्