मधेशको नेतृत्व जनमतलाई

मधेश प्रदेशमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने भएको छ। सत्तारुढ दलहरूबीच बिहीबार भएको सहमतिमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भएको हो। 

जनमतसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक पार्टी, नेपालबीच बिहीबार बैठक बसेर यस्तो निर्णय गरेका हुन्। 

सहमतिमा मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहको हस्ताक्षर छ। 

३० बैशाखमा नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा छन्।  उनले  यही जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन्।

१०७ सदस्यीय रहेको मधेश प्रदेशसभामा नेकपा एमालेको सभामुखबाहेक २४, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोकतान्त्रिक समाजवादी पार्टीको ८ र एकीकृत समाजवादीका ७ सांसद छन्।

यस्तै मधेशमा काँग्रेसको २२, जनता समाजवादी पार्टी, नेपालको १९,  नागरिक उन्मुक्ति पार्टी     र राष्ट्रीय प्रजातन्त्र पार्टीका एक–एक जना सदस्य रहेका छन्। 

प्रकाशित मिति: : 2024-05-30 18:56:00

प्रतिकृया दिनुहोस्