कांग्रेसका नेताहरू बालुवाटारमा

File Photo
File Photo

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका छन्।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफल गर्न कांग्रेसका नेताहरू बालुवाटार पुगेका हुन्।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार सहभागी अहिले बालुवाटार गएका छन्।

उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, कार्यदलका सदस्यहरू ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार बालुवाटार पुगेकाे बताइएकाे छ।

यसअघि संसदीय समितिको कार्यादेशमा राखिने विकल्पको प्रस्तावबारे सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीबिच छलफल भएको थियाे।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ। सत्तापक्ष नाम उल्लेख नगर्ने पक्षमा छ भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ। 

प्रकाशित मिति: : 2024-05-27 18:36:00

प्रतिकृया दिनुहोस्