निशुल्क बिजुली र पानीका लागि आजपाले संघर्ष गर्ने

आम जनता पार्टी (आजपा)ले बिजुली र पानी निशुल्क गराउन संघर्ष गर्ने निर्णय गरेको छ।

रौतहटको पतुवा विजयपुरमा बसेको आजपाको नगर कमिटीको बैठकले बिजुली र पानी निशुल्क गराउन संघर्ष गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले बढ्दो लुट एवं भ्रष्टाचारको विरुद्धमा कडारुपमा संघर्ष गर्ने निर्णयसमेत भएको छ। बैठकमा संगठन निर्माण एवं विस्तारका बारेमा ठोस योजनामा समेत छलफल भएको छ।

पार्टीको नगर कमिटीको कार्यालय सञ्चालनमा ल्याउने, पार्टीको नगरकमिटीका जनवर्गीय संगठनहरु निर्माण गर्ने, प्रत्येक वडा कार्यालयमा पार्टीको वडा कमिटी निर्माण गर्नेलगायतका निर्णय बैठकले गरेको छ।

आजपा फतुवा विजयपुर नगरकमिटीका अध्यक्ष विजय यादवको अध्यक्षतामा बसेको बैठकमा नगर कमिटी इन्चार्ज प्रदिप पटेलसहित पार्टीका स्थायी कमिटी सदस्यहरु कान्तिदेवी महतो, संजय यादव लगायतको विशेष सहभागिता रहेको थियो।

विभिन्न निर्णयसहित संघर्ष एवं पार्टी निर्माण गर्ने निर्णय गरेको आजपाले मधेस प्रदेशमा अहिले अपुग शिक्षक एवं विषयगत शिक्षक, विद्यार्थीको अनुपातमा हुनुपर्ने माग गर्दै संघर्षका विभिन्न कार्यक्रम जारी राखेको छ।

मधेस प्रदेशका आठ वटै जिल्लामा आजपानिकटको आम विद्यार्थी मोर्चाले विद्यार्थी अनुपातमा विषयगत र अपुग शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै विभिन्न कार्यक्रम गरिरहेको विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले जनाएका छन्।

प्रकाशित मिति: : 2024-05-24 16:37:00

प्रतिकृया दिनुहोस्