ताइवानको संसदमा सांसदहरुबीच हानाहान

photo: Agency
photo: Agency

ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार देशको संसदमा सांसदहरूबीच भीषण झडप भएको छ। सो क्रममा लात र मुक्का प्रहारसमेत भएको थियाे।

कतिपय सांसद भने सभामुखको सिटमा पनि चढेका तथा एकअर्कालाई तानेका र प्रहार गरेका दृश्यहरु सार्वजनिक भएका छन्।

यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए।

ताइवान संसदमा एक प्रस्ताव ल्याइएको छ। यसअन्तर्गत विपक्षी सांसदहरुलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ। यसका साथै संसदमा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइनेछ।

मिडिया रिपोर्टकाअनुसार यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसदहरूबीच झडप भएको थियो। सांसदहरू सदनमा पुगेपछि एक आपसमा आरोप लगाउन थालेका थिए।

मे २० मा ताइवानको नयाँ राष्ट्रपतिलाई चिङ टेले पदको सपथ लिनेछन्। तर, उनको पार्टी डिपीपीको संसदमा बहुमत छैन। ताइवानको मुख्य विपक्षी दल केएमटीसँग डीपीपीभन्दा बढी सिट छ। यद्यपि, बहुमतमा आउन ताइवान पिपुल्स पार्टी (टिपीपी)सँग गठबन्धन बनाउनुपर्नेछ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसदमा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ। चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसदमा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ।

सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन्। विपक्षी दलले आफ्नो शक्तिको दुरुपयोग गर्नका लागि यो विधेयक पारित हुन दिन नचाहेको आरोप लगाएका छन्।

यसअघि पनि ताइवानको संसदमा यस्ता घटना बाहिर आएका छन्। सन् २०२० मा पनि अमेरिकाबाट सुँगुरको मासु आयातको विरोध गर्दै केएमटीका सांसदहरूले संसदमा सुँगुरको आन्द्रा हानेका थिए।

ताइवानमा यसै वर्ष जनवरीमा राष्ट्रपतिको निर्वाचन भएको थियो। त्यसमा सत्तारुढ दलका नेता विलियमलाई चिङ विजयी भएका थिए। यो त्यही नेता हुन् जसलाई चीनले मतदानअघि खतरनाक पृथकतावादी भनेको थियो। चुनावअघि, चीनले मतदाताहरूलाई सैन्य द्वन्द्वबाट बच्न चाहनुहुन्छ भने सही छनौट गर्न चेतावनी दियो।

- एजेन्सी

प्रकाशित मिति: : 2024-05-18 18:29:00

प्रतिकृया दिनुहोस्