सरकारले गाँजाको व्यवसाय गर्न कानुनी प्रबन्ध गर्ने भएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसको जानकारी दिए।
‘गाँजाको औषधिजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणको प्रोत्साहन गर्न नीतिगत र कानुनी प्रवन्ध गरिनेछ’, उनले भने।