विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ।
पाैडेललाई अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार २३ कराेड २७ लाख रकम असुल्नु पर्ने ठहर गर्दै ९ वर्ष कैद सजाय सुनाएकाे हाे।
गत वैशाख ७ गते दोषी ठहरिएका सुनीललाई आज सजाय निर्धारण गरिएको हो।