उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न अनुमति माग्दै सभामुख देवराज घिमिरेलाई पत्र पठाएका छन्।
सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २८ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन्।
उनले संसद्मा उठेका विषय र मन्त्रीको हैसियतले दिनुपर्ने जवाफ दिन नपाउँदा प्रतिनिधिसभाको नियमावली उल्लंघन भएको उल्लेख गरेका छन्।