ललितपुरमा आगलागी हुँदा एकै परिवारका ५ जना घाइते

ललितपुरमा एक टहरोमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन्।

ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आइतबार आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका हुन्।

घाइते हुनेमा सञ्जय गिरी तथा उनकी पत्नी रुपा गिरी, उनीहरूका दुई छाेरी ३ वर्षीया प्रिया गिरी, ८ वर्षीया एसिला गिरी र भतिज १५ वर्षीय मीत गिरी रहेका छन्।

घाइते पाँचै जनाको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। 

घाइतेमध्ये सञ्जय र उनीका दुई छाेरीकाे अवस्था गम्भीर रहेकाे प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिए। 

उनका अनुसार सञ्जयकाे शरीरकाे ८० प्रतिशत भाग जलेकाे छ भने दुई छाेरीकाे लगभग १०० प्रतिशत नै जलेकाे छ। 

प्रकाशित मिति: : 2024-05-05 12:22:00

प्रतिकृया दिनुहोस्