इरानमाथि इजरायलले गर्‍यो आक्रमण

फाइल तस्विर
फाइल तस्विर

इजरायलले इरानमाथि आक्रामण गरेको छ। इरानको इस्फाहान एयरपोर्ट नजिकै विस्फोट भएको इरानी समाचार एजेन्सीहरुले जनाएका छन्।

स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी अर्ध आधिकारीक फार्स समाचार एजेन्सीले इस्फाहान सहरको उत्तरपश्चिममा रहेको इरानी सहर गहजावोर्स्तानमा विस्फोटको आवाज सुनिएको बताएकाे छ।

‘गहजावोर्स्तान सहर इस्फहान एयरपोर्ट र आर्मी एयर फोर्सको आठौं शिकार आधारको नजिक अवस्थित छ,’ फार्स समाचारमा उल्लेख छ।

इरानी प्रेस टिभीले पनि मध्य सहर नजिकै विस्फोटको आवाज सुनिएको बताएको छ। यो विस्फोटको कारण थाहा हुन सकेको छैन। तर, अमेरिकन समाचार माध्यमले भने इजरायलले इरान माथी हमला गरेकाे जनाएका छन्।

प्रकाशित मिति: : 2024-04-19 08:58:00

प्रतिकृया दिनुहोस्