अवैधानिक संरचनामा मेयर किन मौन?

माेरङकाे उर्लाबारी ५ झुम्रामा अबैध रुपमा अस्फाल प्लान्ट सञ्चालन भइरहेको छ। उर्लाबारी ७ का नेत्र घिमिरेको २ विघा जग्गामा ४ वर्ष यता पुर्वाञ्चल कन्ट्रक्सनले अस्फाल प्लान्ट चलाइरहेकाे  हाे। पुर्वाञ्चल कन्ट्रक्सन निर्माण कम्पनी हाे। कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा अस्फाल प्लान्ट राख्ने उदेश्य कतै उल्लेख छैन।

सडक कालाेपत्रे गर्न आवश्यक गिट्टी ,वालुवासँग अलकत्र पकाउने याे प्लान्ट स्थायी रुपमा राख्न पाउने ब्यवस्था छैन। जहाँ आयाेजना सञ्चालन भएको छ,त्यही अस्थायी रुपमा प्लान्ट राख्न पाइन्छ।  

कालाेपत्रे आयाेजना सकिएपछि प्लान्ट स्वतः हटाउनुपर्छ। तर,उर्लाबारी बजारबाट २ किमी उत्तर झुम्रामा ४ वर्ष देखि कानुनको धज्जी उडाएर  प्लान्ट सञ्चालन भइरहेको छ।

प्लान्टले नेपाल सरकारका कुनै निकायबाट अनुमति लिएको छैन। जग्गा धनी नेत्र घिमिरेलाई जग्गाको भाडा तिर्ने सहमति थियोे, तर  घिमिरेले  जग्गाकाे भाडा हालसम्म ७ लाख रुपैयाँ मात्रै पाएकाछन्।

अर्का साझेदार उर्लाबारी कै भीम भट्टराई गत पुस देखि कम्पनीबाट अलग भएका छन्। 

नेत्र घिमिरे ,भीम भट्टराई ,बलबहादुर फागाे र प्रकाश सिंहकाे साझेदारीमा सुरु भएको प्लान्ट अहिले फागाे र सिंहले चलाइरहेका छन्। भीमले कम्पनीबाट अलग भए पछि १८ लाख रुपैयाँकाे चेक पाएका थिए।

तर, उक्त चेक अझै साटिएकाे छैन।भट्टराईले पटकपटक बैंकसँग सम्पर्क गरेर चेक साट्ने प्रयत्न गरेपनि अहिलेसम्म कम्पनीको बैंक खातामा पैसा जम्मा भएको छैन।

कानुन हातमा लिएर प्लान्ट सञ्चालन गर्न खाेजेपछि घिमिरे र भट्टराई प्लान्ट बन्द गर्न लागेका छन्। तर  वडा नगर मात्र हाेइन प्रहरी प्रशासन समेत फागाे र सिंहसँग डराएको स्थानीय बताउँछन्।

स्थानीयले समेत प्लान्टका कारण प्रदुषण बढेको ,मानव स्वास्थ्यमा प्रतिकुल असर गरेको ,चिम्नी परम्परागत रुपमा हाेचाे राखिएको  भन्दै बिराेध जनाएका थिए।सुरुका दिनमा घिमिरेले समेत स्थानीयलाई मेराे निजी जमिन मेराे स्वतन्त्रता हाे भन्दै थर्काएका थिए।

तर, अहिले आफुले जग्गाको भाडा नपाएपछि घिमिरे र भट्टराई प्लान्ट हटाउन लविङ गरिरहेका छन्।

यसैबीच अवैध संरचनाप्रति नगरपालिकाका मेयर गंगा खरेल माैन बसेका छन्।

प्रकाशित मिति: : 2024-03-21 20:39:00

प्रतिकृया दिनुहोस्