भियतनामी राष्ट्रपति थुओङद्वारा राजीनामा

भियतनामका राष्ट्रपति भो भान थुओङले ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका छन्।

भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका छन्।

भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रपति थुओङले पार्टीमा पेश गरेको राजीनामा दलबाट स्वीकृत भएको पुष्टि गरेको छ।

प्रकाशित मिति: : 2024-03-20 21:44:00

प्रतिकृया दिनुहोस्