अर्बौँ डलर लगानी गरे पनि दक्षिण कोरियालीले बच्चा जन्माउन मानेनन्

photo : Agency
photo : Agency

दक्षिण कोरियाको जन्मदर गत वर्ष रेकर्ड न्यूनमा झरे पछि सरकारले चिन्ता व्यक्त गरेको छ।

महिलालाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अर्बाैँ डलर खर्च गरेको भएपनि जन्मदर अघिल्लो वर्षको तुलनामा झन कम भएपछि थप चिन्ता ब्यक्त गरेको हो।

विश्वको सबैभन्दा लामो आयु भएको तर सबैभन्दा कम जन्मदर भएको देश मध्य दक्षिण कोरिया पनि एक हो। जसका कारण बढ्दो जनसांख्यिकीय चुनौतीका बिचमा दक्षिण कोरिया जुधिरहेकाे छ। दक्षिण कोरियाको छिमेकी जापान पनि साेही मुद्दासँग जुधिरहेको छ।

दक्षिण कोरियाको सरकारले हालै द्रुत रूपमा बुढाहरूको जनसंख्या बढी भएको राष्ट्र हुने घोषणा गर्दै त्यहाँ जन्मदरको संख्या सन् २०२३ मा झन न्यून अंकमा झरेको जानकारी दिएको छ। जसअनुसार दक्षिण कोरियाको प्रजनन दरको तथ्यांक अनुसार एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाहरूको संख्या ०.७२ मा २०२३ मा झरेको छ, जुन २०२२ को तुलनामा झण्डै ८ प्रतिशतले कमी हो।

यो हालको ५१ मिलियन जनसंख्यालाई कायम राख्न आवश्यक पर्ने २.१ बालबालिका जन्मदरकोको तुलनामा धेरै नै कम हो, जुन यो दरले अगाडी बढेमा दक्षिण कोरियाको जनसंख्या सन् २१०० सम्ममा झण्डै आधा हुने जनसांख्यिक विज्ञहरूले चेतावनी दिइरहेका छन।

जसका कारण सरकारले धेरै बच्चा जन्माउनका लागि प्रोत्साहन गर्न नगद अनुदानहरू, बच्चाहरूको हेरचाह सेवा र बाँझोपन उपचारको लागि सहयोग प्रदान गर्न ठूलो रकम खर्च गरिरको छ। तर, त्यस खर्च अनुसार महिलाहरूले बालबच्चा जन्माइरहेका छैनन्, जसकाकारण प्रत्येक वर्ष जन्मदर निरन्तर घट्दै गएको छ।

दक्षिण काेरियाको जनसंख्या जनगणना विभागका प्रमुख लिम यङ इलले भने, ‘नवजात शिशुको संख्या, जन्मदर, र कच्चा जन्मदर (प्रति १,००० व्यक्तिमा नवजात शिशुहरू) सबै १९७० पछिको सबैभन्दा न्यून बिन्दुमा छन्, जब जनसंख्याकाे तथ्याङ्क सङ्कलन सुरु देशमा भएको थियो।’

लिमले पत्रकारहरूलाई भने कि दक्षिण कोरियाको ०.७२ जन्मदर आर्थिक सहयोग तथा विकास संगठन (ओएसिडी) राष्ट्रहरू मध्येमा सबैभन्दा कम रहेको छ। त्यसमाथि पनि बच्चा जन्माउने औसत उमेर ३३.६ वर्ष रहेको छ, जुन ओएसिडी राष्ट्रहरूमा उच्चतम हो।

१४ डिसेम्बर १९६० मा १८ देशहरूले मूल रूपमा आर्थिक सहयोग र विकास संगठनको महासन्धिमा हस्ताक्षर गरेका थिए, त्यसयता १८ वटा देश यस संस्थाको सदस्य रहेका छन्। जस्मा दक्षिण कोरियाका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत बिकसित राष्ट्रहरू रहेका छन्।

तर, ती १८ राष्ट्रहरू मध्ये दक्षिण काेरियामा जन्मदर थप कम हुँदै गएकाे छ, जस्ताे कि सन २०२२ तुलनामा  सन २०२३ मा नै ८ प्रतिशतले कमी देखियाे।

- एजेन्सी

प्रकाशित मिति: : 2024-02-29 08:51:00

प्रतिकृया दिनुहोस्