बिएल संवाददाता
बुधबार साँझ सवा ४ बजे दाङको देउखुरीमा स्कारपियोले ठक्कर दिँदा साइकलमा सवार दिदीको मृत्यु भएको छ भने बहिनी गम्भीर घाइते भएकी छन्।
मृत्यु हुनेमा प्युठानको झिमरूक गाउँपालिका–१, गोवडी घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरीमा बस्ने ३५ वर्षीया राधा बस्नेत रहेकी छिन्।
साइकलमा सवार उनकी १६ वर्षीया बहिनी बिपना केसी गम्भीर घाइते भएकी छिन्। राधाले लमहीमा रहेको सुनाखरी बचत तथा ऋण सहकारी संस्थामा बजार प्रतिनिधिको रूपमा काम गर्ने गरेको इलाका प्रहरी कार्याल सिसहनियाँले जानकारी दिएको छ।
बिपनालाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ।
पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र ३–०१०२२ च १३६९ डब्बल क्याप स्कारपियोले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।
गाडी तीब्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठक्कर दिने गाडीका चालक फरार रहेका छन् भने मृतकको शवलाई लमही अस्पतालको शव गृहमा राखिएको छ।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया