अमेरिका पठाइदिने भन्दै राताे पुलमा ३ महिनादेखि ३० जना बन्धक, प्रहरीले गर्‍यो उद्धार

File Photo
File Photo

अमेरिका पठाइदिने भन्दै बन्धक बनाइएका ३० जनाभन्दा धेरैलाई प्रहरीले काठमाडाैँबाट उद्धार गरेको छ।

प्रहरी स्रोतका अनुसार अमेरिका पठाउने भन्दै पैसा असुल गरेर दलालहरूले कम्तीमा ३० जना मानिसलाई रातो पुलस्थित एउटा घरमा बन्धक बनाइराखेका थिए।

स्थानीयको सूचनाका आधारमा बुधबार काठमाडौँ प्रहरीले उनीहरूलाई उद्धार गरेको हो। प्रहरीका अनुसार बिचौलियाहरूले उनीहरूलाई घरभित्रै थुनेर यातनासमेत दिने गरेका थिए।

उनीहरूलाई कुटपिट गर्दै आफन्तहरूसँग ‘हामी अमेरिका पुगिसक्यौँ’ भन्न लगाएको पीडितहरूले प्रहरीलाई भनेका छन्।

प्रकाशित मिति: : 2024-02-14 18:26:00

प्रतिकृया दिनुहोस्

    🕉️💐 Excellent Job by Nepal Police....Congrats.....💐🕉️

    • 8 महिना अगाडि
    • Swami Samrat