निकारागुआमा सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु

निकारागुआको माटागाल्पाको केन्द्रीय विभागमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य २६ जना घाइते भएका उपराष्ट्रपति रोजारियो मुरिलोले जानकारी दिएका छन्।

मृत्यु हुनेमा धेरै बालबालिका रहेको उनले स्थानीय टेलिभिजन च्यानल ४ लाई बताए। करिब ७० जना यात्रु बोकेको बस राँचो ग्रान्डे नगरपालिकास्थित मानसेरा नदीको पुलको बारमा ठोक्किएर दुर्घटना भएको हो।

मातागाल्पाका प्रशासक पेड्रो हसलामले भने, 'मातागाल्पा शहरमा भएको यस दुःखद् घटनाबाट हामी निराश भएका छौं।'

माटागाल्पा सरकारका अधिकारीहरू, स्वास्थ्यकर्मी, राष्ट्रिय प्रहरी र अग्नि नियन्त्रक विभागका एकाइहरू पीडितहरूको उद्धार र उपचारका लागि घटनास्थलमै पुगेको हस्लामले बताए।

प्रकाशित मिति: : 2023-12-24 20:00:00

प्रतिकृया दिनुहोस्