मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे आगलागी भएको हो।

दक्षिणी जिल्ला खान-उलको १० तले अपार्टमेन्ट भवनमा आगलागी भएको हो। सो आगलागीमा चार बालबालिका सहित एकै परिवारका पाँच सदस्यले ज्यान गुमाएका छन्।

उपचारका क्रममा घाइते अन्य दुईजना व्यक्तिको निधन भएको बताइएको छ। आगलागीको कारण पत्ता लगाउन अनुसन्धान छइरहेको छ।

प्रकाशित मिति: : 2023-12-19 19:52:00

प्रतिकृया दिनुहोस्