त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक नेपाली पक्राउ परेका छन्।
पक्राउ पर्ने गोरखाका चन्द्र घले रहेकाे विमानस्थल स्राेतले बतायाे। उनी फ्लाइ दुबईको फ्लाइटबाट बिहीबार राती काठमाडौं उत्रेका थिए।
भन्सार विभागकाे टाेलीले उनलाई पक्राउ गरेकाे हाे। घलेले सुनको प्लेट बनाएर शरिरमा राखेर ल्याएका थिए।
उनीमाथि थप अनुसन्धान भइरहेकाे छ।