संघीय संसद सचिवालयमा लफडाः उपसचिवले हाने एक महिला शाखा अधिकृतलाई झापड 

संघीय संसद सचिवालयमा कर्मचारीबीच लफडा हुँदा हात हालाहाल भएको विषय बाहिर आएको छ।  मंगलबार संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरे र एक महिला शाखा अधिकृतबीच लफडा भएको सचिवालय स्रोतले जनाएको छ।

स्रोतकाअनुसार उपसचिव गैरेले ती महिला शाखा अधिकृतलाई झापड हानेका थिए। ‘एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा केही भनामन भयो,’ स्रोत भन्छन्, ‘भनाभन भएपछि उपसचिव गैरेले किन नाम छुटाएकाे भन्दै उहाँ (महिला अधिकृत)लाई कुर्सीमै बसेको समयमा दाहिने गालामा हान्नुभएको हो।’

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले घटना भएको सुनेको बिएल नेपाली सेवासँग बताए। ‘झगडा भएको हो भन्नु सुनेको छु। के भएको रहेछ मैले पनि बुझ्दै छु,’ उलने भने। 

यस विषयमा महिला अधिकृतले उप–सभामुखलाई जानकारी दिईसकेको स्रोतको दाबी छ। 

यस्तै यस विषयलाई लिएर सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गराएका छन्। 
 

प्रकाशित मिति: : 2023-12-07 14:37:00

प्रतिकृया दिनुहोस्