जसपाले बाेलायाे केन्द्रीय कार्यकारिणी समितिको बैठक

File Photo
File Photo

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।

यही मङ्सिर २५ गते सोमबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचन, पार्टीको तीनमहिने अभियानको समीक्षासहित समसामयिक राजनीतिलगायत विषयमा छलफल गर्न उक्त बैठक आह्वान गरिएको हो।

प्रकाशित मिति: : 2023-12-06 16:01:00

प्रतिकृया दिनुहोस्