इन्डोनेसियामा बाढी पहिरोमा परी दुईको मृत्यु, १० बेपत्ता

इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तको एक गाउँमा गत साता आएको बाढी र पहिरोमा परी दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य १० जना बेपत्ता भएका छन्। 

मुसलधारे वर्षाका कारण उत्पन्न विपत्तिले शुक्रबार टोबा ताल नजिकैको हुम्बाङ हसुन्डुतान रिजेन्सीको आवासीय क्षेत्रमा क्षति पुर्याएको थियो।

सोही दिन एक महिला मृत अवस्थामा फेला परेकी थिइन् भने अन्य ११ जना हराइरहेका थिए भने दर्जनौं भवन ध्वस्त भएका थिए।

मेदान खोज तथा उद्धार निकायका प्रमुख बुडियोनोले सोमबार बिहान उद्धारकर्मीले बेपत्ताको अर्को शव फेला पारेको बताएका छन्। 

पीडितलाई थप पहिचानका लागि नजिकैको अस्पतालमा सारिएको र उद्धारकर्मीले अन्य बेपत्ताको खोजी कार्य जारी राखेको उनले बताए।

राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी)का अनुसार विपद्पछि कम्तीमा ५० परिवार सुरक्षित स्थानमा आश्रय लिइरहेका छन्। 

प्रकाशित मिति: : 2023-12-04 21:17:00

प्रतिकृया दिनुहोस्