घट्याे पेट्रोलियम पदार्थको मूल्य 

पेट्राेलिय पदार्थकाे मूल्य घटेकाे छ। नेपाल आयल निगमले पेट्रोलकाे प्रतिलिटर २ र डिजेल तथा मट्टीतेलकाे मूल्य प्रतिलिटर ४ रूपैयाँ घटाएकाे हाे।  

घटेकाे मूल्य भाेलि शुक्रबार दिउँसो १ बजेदेखि फागू हुने निगमले जनाएकाे छ। मूल्य घटेसँगै पेट्रोल अब प्रतिलिटर १७६, डिजेल र मट्टीतेल १७५.७५ रूपैयाँ पर्ने छ। 

एलपी ग्याँसकाे मूल्य भने अथावत रहेकाे निगमले जनाएकाे छ। ग्याँसकाे मूल्य १८९५ रहेकाे छ।

भारती आयल निगमले ग्याँसकाे मूल्य प्रतिसिलिण्डर २१.१४ रूपैयाँ बढाए पनि निगमले उपभोक्ताकाे हितलाई मध्यनजर गर्दै नबढाएकाे बताएकाे छ।

प्रकाशित मिति: : 2023-11-30 21:34:00

प्रतिकृया दिनुहोस्