कोशी प्रदेशको बजेट सर्वसम्मतिले पारित

File Photo
File Photo

कोशी प्रदेशकाे प्रतिस्थापन बजेट विधेयक सर्वसम्मतिले पारित भएकाे छ।

बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०/०८१ को बजेट विधेयक सर्वसम्मतिले पारित भएको हो।

कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०‘ र कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई पारित गर्न मुख्यमन्त्री केदार कार्कीले पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए।

प्रस्तावित प्रस्तावलाई सभाध्यक्ष हाजी इसराई मन्सुरीले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मले पारित भएको हो। यही मङ्सिर ९ गते सदनमा पेश गरेको सो प्रस्तावमाथि लगातार दुई दिन ३१ प्रदेशसभाका सदस्यले छलफलमा भाग लिई आ–आफ्ना सुझाव दिएका थिए।

प्रकाशित मिति: : 2023-11-29 17:51:00

प्रतिकृया दिनुहोस्