एसीसी यू–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
मंगलबार नेपाल क्रिकेट सघ (क्यान)ले देव खनालको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
टोलीमा सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झा पनि यू–१९ एसिया कप खेल्ने छन्।
डिसेम्बर ८ देखि १७ गतेसम्म हुने सो प्रतियोगिता युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुनेछ। समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन्।
नेपालले यसअघि मलेसियामा भएको एसिसी प्रिमियर कप जितेर एसिया कपमा स्थान पक्का गरेको थियो।
यस्तो छ नेपाली टोली-
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक डुम्रे, हेमन्त धामी, गुल्सन झा, दिपेश कडेँल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, उत्तम थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द।