नेपालका चार खेलाडीले बंगलादेशको कबड्डी लिग खेल्ने

बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा नेपालका चार खेलाडीले खेल्ने भएका छन्।

चारै जना नेपाली खेलाडिले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका छन्। बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले खेल्ने भएका छन्।

चारै खेलाडी गत असोजमा चीनको हाङझावमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक जित्ने टोलीका सदस्य हुन्।

अफिसियलमा भगवती अधिकारी छिन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अञ्जन धमला, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सा थापालगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे। पाँच सदस्यीय टोली मंगलबार बंगलादेश प्रस्थान गर्दैछ।

प्रकाशित मिति: : 2023-11-27 21:22:00

प्रतिकृया दिनुहोस्