बङ्गलादेशमा दश महिनामा दुई हजार पाँचसय महिला तथा बालिका हिंसाको शिकार

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

बङ्गलादेशमा पछिल्लो १० महिनामा ३९७ जना महिला बलात्कृत भएको अधिकारवादी संस्था बङ्गलादेश महिला परिषद् (बिएमपी)ले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।    

अन्तर्राष्ट्रिय महिला हिंसा उन्मूलन दिवसका अवसरमा बीएमपीले यस वर्षको जनवरीदेखि अक्टोबरसम्मको अवधिमा कम्तीमा दुई हजार ५७५ महिला तथा बालिका हिंसाको शिकार भएको जनाएको छ।

बङ्गलादेशका १२ वटा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारका आधारमा उक्त तथ्याङ्क सङ्कलन गरिएको सो संस्थाले जनाएको छ।

सङ्गठनका अध्यक्ष फौजिया मुसलमानले राजधानी ढाकामा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिँदै बलात्कारी र हत्यारालाई कडाभन्दा कडा सजायको माग गरेको छ। 

उक्त अवधिमा ३१ जनाको बलात्कारका कारण मृत्यु भएको छ भने १२ जनाले आत्महत्या गरेका छन्। यसबाहेक २२१ जना महिला शारीरिक दुव्र्यवहारमा परेका छन् भने ४४३ जना विभिन्न कारणले मारिएका छन्। 

यो अवधिमा २१ वटा बालविवाह, १४२ वटा यौन हिंसा र ६१ वटा दाइजोका लागि यातना दिइएका घटनालाई अभिलेखीकरण गरिएको प्रतिवेदनमा यस अवधिमा कम्तीमा २३१ महिलाको रहस्यमय तरिकाले मृत्यु भएको उल्लेख छ।

दाइजो पीडितमध्ये ४५ जनाको हत्या भएको छ। यसैबीच, तोकिएको समयावधिमा २०७ महिलाले आत्महत्या गरेका छन्।

प्रकाशित मिति: : 2023-11-26 22:31:00

प्रतिकृया दिनुहोस्