‘चिहानघारी’जस्तै गाजाकाे अस्पताल

विश्व स्वास्थ्य संगठनले गाजा शहरमा रहेको अलशिफ अस्पताल मृत्यु क्षेत्र ‘डेथ जोन’ बनेको बताएको छ।

संयुक्त राष्ट्र संघको नेतृत्वमा भएको एक संयुक्त अनुगमन टोलीले शनिबार गरेको स्थलगत भ्रमण पछि संगठनले यसो भनेको हो।

इजरायली सैनिकले सो अस्पतालमा कब्जा जमाएर अस्पताल खाली गर्न गरेको निर्देशन गरेपछि गरिएको अनुमगन भ्रमणको क्रममा अस्पतालमा गोली चलेको, गोलाबारी भएको र अस्पतालको प्रवेशद्वारमा सामूहिक चिहान बनाइएको पाइएको थियो। टोलीलाई चिहानमा ८० जनामा गाडिएको बताइएको बीबीसीले जनाएकाे छ।

इजरायली सैनिकले अस्पताल खाली गर्न अर्डर जारी गरेपछि सघन उपचार गराइरहेका ३ सय  बिरामी मात्र गाजाको उक्त सवैभन्दा ठूलो अस्पतालमा रहेको जनाइएको छ। 

विश्व स्वास्थ्य संगठनले बाँकी अन्य बिरामी र कर्मचारीलाई तत्काल अन्यत्र सार्न प्रयासरत रहेको र बारम्बार यूद्ध विरामका लागि अनुरोध गरेको बताएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग तत्काल यूद्ध विराम नहुने तर अपहरणमा परेकालाई रिहाइ गर्ने शर्तमा अस्थायी यूद्ध विराम हुन सक्ने संकेत गरेका छन्।

इजरायली सैनिकको उर्दीपछि शनिबार केही बिरामी सहित सैयौ व्यक्तिले अस्पताल छाडेका छन्। अल सिफामा रहेका बिबिसी पत्रकारका अनुसार चल्न नसक्ने केही बिरामी र सीमित संख्यामा चिकित्सक मात्र अस्पतालमा रहेका छन्।

प्रकाशित मिति: : 2023-11-20 06:45:00

प्रतिकृया दिनुहोस्