झापामा मोटरसाइकल भैँसीसँग ठोक्किँदा एकको मृत्यु

झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ। एकजना घाइते भएका छन्।

झापाको कमल गाउँपालिका– ३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका– ४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ। तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी– ४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए। उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2023-11-16 09:57:00

प्रतिकृया दिनुहोस्