संयुक्त राष्ट्रसंघ (युएन) ले म्यानमारमा द्वन्द्व प्रभावित जनतालाई १० लाख अमेरिकी डलर सहयोग गरेको छ।
संयुक्त राष्ट्रसंघ मानवीय निकायले सो बारे जानकारी गराएको छ।
मानवीय मामिला समन्वयको लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए) म्यानमारले बिहीबार जनाए अनुसार म्यानमार मानवीय कोषबाट आवश्यक परेकाहरूलाई सहायता प्रदान गर्न सकिने छ।