माछाका मायालु ‘शिकारी’

हिमाल खबर

दुर्गा राना मगर

शिकारीको परिचय र पहिचान बनाएका पोखराका सीबीबी माछा मार्ने र मार्न सिकाउने मात्रै गर्दैनन्, स्थानीय प्रजातिका माछा जोगाउने काममा पनि तल्लीन छन्।

गुलेली बोकेर पोखरा लेकसाइडतिर एउटा केटा डुलिहिंड्थे। चराको शिकार गर्न माहिर थिए। त्यसैले आफन्तले नामै राखिदिए शिकारी।

त्यसयता सबैले शिकारी भन्न थाले। शिकारी नामले नै चिनिए। नामसँगै चिनारी पनि शिकारी नै बन्यो।

कसैले चेतबहादुर भुजेल भनेर बोलायो भने अलमलमा पर्छन्, झुक्किन्छन्। दैनिक जीवनमा शिकारी नामले नै बोलाउने र चिनिने बानी परेका उनको असली नाम चेतबहादुर भुजेल हो। स्कूल पढ्ने वेला त उनी छोटकरीमा सीबीबी भन्न रुचाउँथे।

शिकारी नाम पाएको साढे तीन दशक बित्यो। अहिले भने न आफैंलाई मन पर्ने सीबीबी नाम रह्यो न त चेतबहादुर भुजेल।
 

प्रकाशित मिति: : 2023-11-10 11:20:00

प्रतिकृया दिनुहोस्