नेपाल क्रिकेट संघ (क्यान)ले भाेलि (शुक्रबार) हुने आइसिसी टी- २० विश्वकपकाे एसिया छनाेटअन्तर्गत् नेपाल र युएईबीचकाे सेमिफाइनल खेल सकभर घरमै बसेर हेर्न अनुराेध गरेकाे छ।
क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै मूलपानी क्रिकेट मैदानमा हुने खेल सकभर घरमै बसेर हेर्न अनुराेध गरेकाे हाे। मैदानकाे दर्शक अट्ने क्षमता र त्यसपछि हुन सक्ने सुरक्षा चुनाैतीलाई मध्यनजर गर्दै क्याले दर्शकलाई घरमै बसेर हेर्न अनुराेध गरेकाे हाे।
त्यस्तै क्यानले क्रिकेट संघसँग सम्बन्धित अतिथिहरुलाई पनि मैदानमा नआउन भनेकाे छ। ‘सम्पूर्ण दर्शकलाई नेपाल र युएईबीच हुने खेल घरमै बसेर हेर्नुहुन हार्किद अनुराेध गर्दछाैँ,’ क्याले विज्ञप्तिमा भनेकाे छ, ‘साथै नेपाल क्रिकेट संघ, क्रिकेटसँग सम्बन्धित सबै अतिथिज्यूहरुलाई मूलपानी मैदानमा नेपाल र युएईबीच हुने सेमिफाइन खेलकाे पास वितरण नगरिएकाे हुँदा घरमै बसेर खेल हेर्दै सहयाेग गर्नु हुन हार्दिक अनुराेध गर्छाैँ।’
नेपाल र युएईबीचकाे सेमिफाइनल खेल शुक्रबार बिहान ११ बजेबाट हुँदैछ।