त्रिकोणात्मक टि-२० सिरिजको उपाधि यूएईले जित्यो

घरेलु मैदानमा आयोजना भएको त्रिदेशीय टी–२० शृंखलाको उपाधि युनाइटेड अरब इमिरेट्स (यूएई)ले जितेको छ।

शुक्रबार नेपालले दिएको १६३ रनको लक्ष्य पछाएको यूएइले १९.५  ओभरमा ६ विकेट गुमाउँदै पूरा गरयो। यूएईका कप्तान तथा ओपनर मोहम्मद वासिम २२ बलमा ४५ रन बनाएर पेभिलियन फर्किए। अर्यांश शर्मा २५ रन बनाएर आउट भए।

त्यस्तै, यूएईका आसिफ खान ७ रन बनाएर आउट भए भने एलिशान सराफु १३ रन बनाएर आउट भए। यूएईका २५ बलमा २६ रन बनाएर वृत्य अरविन्द दिपेन्द्र सिंह ऐरीलेबाट रनआउट हुन पुगे।

यता, नेपालको लागि गुलशन झा र अविनाश बोहारले समान दुई विकेट लिए भने कुशल्ल मल्ल समान एक  विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाउँदै १६२ रन बनाएको थियो। नेपालका लागि ओपनर ब्याटसम्यान कुशल भुर्तेल सर्वाधिक ५० रन बनाउका थिए। त्यस्तै,  दीपेन्द्रसिंह ऐरी २०, कप्तान रोहित पौडेल १८ रन बनाएर पेभिलियन फर्किए। सोमपाल कामी १३ रन बनाएर आउट भए भने सन्दीप जोरा १० रन बनाएर पेभिलियन फर्किए।

त्यस्तै, गुलशन झा ५ रन बनाएर आउट हुँदा कुशल्ल मल्ल १ रन र अशिफ शेख ७ रनमा आउट हुन पुगे।

उता, युएइका लागि आयन खानले सर्वाधिक तीन विकेट लिए। अली नासिर ,जहुर खाले,  समान दुई- दुई विकेट लिए भने जुनैद सिद्धिक एक विकेट लिए।

प्रकाशित मिति: : 2023-10-27 14:48:00

प्रतिकृया दिनुहोस्