अब नेपालीहरु सहजै हङकङ जान पाउने

photo : Agency
photo : Agency

अब नेपाली प्रतिभा (ट्यालेन्ट)हरु हङकङ जान पाउने भएका छन्। हङकङले नेपाली प्रतिभाहरुकाे लागि राेजगारी, तालिम र विद्यार्थी भिसा खाेल्ने निर्णय गरेकाे छ।

हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभाहरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्।

हङकङले सन् २००५ देखि नेपाली प्रवेशमा राेक लगाएकाे थियाे। चीनकाे विशेष प्रशासनिक क्षेत्रकाे रुपमा लिइने हङकङमा अब विशेष क्षमता भएकाे नेपालीहरुले राेजगारी गर्न, काम सिक्न तथा पढ्न पाउने छन्।

यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदारलगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन्।

प्रकाशित मिति: : 2023-10-27 07:52:00

प्रतिकृया दिनुहोस्