एनआरएनएमा जापानबाट रोबिनसहित ९ जना निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा जापानका रोबिन शेरचनसहित ९ जना निर्वाचित भएका छन्।

उपाध्यक्ष शेरचनसहित आइसीसीको युवा उपाध्यक्ष रोशन थापा, सचिव पद जापानकै पारसमणी पोखरेल निर्वाचित भएका छन्।

आइसीसीको कोषाध्यक्षमा जापानकै सुदनकुमार थापा, युवा संयोजकमा सुपेन्द्र घिसिङ, एसिया प्यासिफिक उपसंयोजक पदमा दीपक कार्की, एसिया प्यासिफिक उपसंयोजकमा दीपक कंडेल निर्वाचित भएका छन्।

त्यस्तै एसिया प्यासिफिक महिला संयोजक पदमा अनिता गुरुङ, एसिया प्यासिफिक युवा संयोजकमा विकास बस्नेत र एसिया प्यासिफिकमा युवा उपसंयोजक नारायण खड्का निर्वाचित भएका छन्। निर्वाचित भएपछि उपाध्यक्षमा शेरचनले गैरआवासीय नेपाली संघलाई एकजुट बनाएर लैजाने बताएका छन्।

विश्वभरि नेपालीमाझ चिनिएका उनी २० वर्षदेखि एनआरएनको अभियानमा औपचारिक रुपमा जोडिएका छन्।

३६ वर्षअघि जापान पुगेका रोविन एनआरएनमाझ लोकप्रिय छन्। सन् २००३ तिरमात्रै एनआरएनएको औपचारिक न्वारान हुँदैगर्दा जापानबाटै उनले नेपाल र विश्वभरि रहेका अरू नेपालीहरूसँग जोडिइसकेका थिए।

‘एनआरएनको उपाध्यक्ष पदमा उक्लिँदा थप जिम्मेवारी थपिएको महसुस गरेको छु। संस्थाप्रति पूर्ण जिम्मेवार रहेर काम गर्नेछु। मलाई विश्वास गरेर उपाध्यक्ष पदमा जिताउनुभएकोमा संसारभरबाट आउनुभएका प्रतिनिधिज्यूहरूलाई धन्यवाद छ,’ निर्वाचित भएपछि रोबिनले भने।

प्रकाशित मिति: : 2023-10-20 18:40:00

प्रतिकृया दिनुहोस्