घट्यो जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य

सरकारले जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ। 

भोलिदेखि लागू हुनेगरी जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँले घटेको हो।

चाडपर्वमा उपभोक्तालाई अझ सहज बनाउनका लागि मूल्य घटाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।  

सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य अब प्रतिकिलो ६५० रुपैयाँ र च्याङग्रा प्रतिकिलो १२२५ कायम भएको छ। यसअघि खसी र च्याङ्ग्रामा मात्र १० रुपैयाँ छुट दिइएको थियो। 


खसीबोका र च्यांग्रामा छैन खाेट (भिडियाेसहित)

प्रकाशित मिति: : 2023-10-19 21:06:00

प्रतिकृया दिनुहोस्