गैरआवासीय नेपालीलाई नागरिकता मंगलबारदेखि

फाइल तस्बिर
फाइल तस्बिर

गैरआवासीय नेपालीले मंगलबारदेखि नागरिकता पाउने भएका छन्।

नागरिकता वितरणको सुरुवात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गर्नेछन्।

प्रधानमन्त्री दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ हुने उनको सचिवालयले जनाएको छ। 

मंगलबारदेखि नै गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ।

सोही दिन पारेर सरकारले नागरिकता वितरण सुरु गर्न लागेको हो।

प्रकाशित मिति: : 2023-10-16 21:51:00

प्रतिकृया दिनुहोस्