तीव्र गतिको मिनिबस कन्टेनरमा ठोक्किँदा भारतमा १२ को मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

भारतको पश्चिमी राज्य महाराष्ट्रमा आइतबार बिहानै एउटा मिनिबस कन्टेनर ट्रकसँग ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु र अन्य २३ जना घाइते भएको प्रहरीले बताएको छ। 

महाराष्ट्रको राजधानी मुम्बईबाट दुई सय ६८ किलोमिटर पूर्व छत्रपति सम्भाजीनगर जिल्लाको वैजापुर क्षेत्रमा समृद्धि एक्सप्रेसवे दुर्घटना भएको हो। 

दुर्घटनाको समयमा मिनिबसमा ३५ यात्रु रहेको समाचार छ। प्रहरीका अनुसार घटनास्थलबाट शवहरू निकालिएको छ। प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। 

प्रकाशित मिति: : 2023-10-15 23:41:00

प्रतिकृया दिनुहोस्