भारतको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आठ जनाको मृत्यु

बिएल संवाददाता

नयाँदिल्ली

भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद् व्यवस्थापन निकायले सोमबार जानकारी गराएको छ। भारी बर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

झारखण्डका केही भागमा शनिबारदेखि लगातार वर्षा भइरहेको छ। अविरल वर्षाका कारण घरहरु क्षतिग्रस्त हुनुका साथै सडकहरु डुबानमा परेका छन् र नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुगेको विपद व्यवस्थापन अधिकारीले बताएका छन्।

 भारतीय मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म भारतका केही स्थानमा भारी वर्षा जारी रहने जनाएको छ।

प्रकाशित मिति: : 2023-10-02 21:50:00

प्रतिकृया दिनुहोस्