न्युजिल्यान्डका प्रधानमन्त्री कोरोना सङ्क्रमित

बिएल संवाददाता

न्युजिल्यान्ड

न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ। उनको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले उनमा सङ्क्रमण पुष्टि गरेको अल जजीराले आइतबार जनाएको छ।

आफ्नो आम चुनावी अभियानमा दुई सातामात्र बाँकी रहेका बेला प्रधानमन्त्री हिपकिन्सलाई शनिबार रुघाखोकी र फ्लूको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको हो।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना सङ्क्रमण भएको घोषणा आइतबार गरेका हुन्।

चुनावी अभियान र प्रचारप्रसार अब ‘अनलाइन’बाटै सञ्चालन गर्ने प्रधानमन्त्री हिपकिन्सले बताएका छन्।

आफू एकान्तबासमा रहेको र पूर्ण स्वास्थ्य लाभ नगरेसम्म बाहिर ननिस्कने जानकारी शुभेच्छुक एवं समर्थकहरूलाई दिएका छन्। उनले देश र जनताका खातिर दोब्बर मेहनत गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2023-10-01 23:03:00

प्रतिकृया दिनुहोस्