नेपाली चेली खेमा बुढाथाेकी 'मिस युनिभर्स म्यान्मार'काे दोस्रो रनरअप

म्यान्मारकी नेपाली चेली खेमा बुढाथाेकीले मिस युनिभर्स म्यान्मारकाे दोस्रो रनरअपको बाजी मारेकी छिन्।

उनी 'मिस युनिभर्स म्यान्मार—२०२३' को दोस्रो रनरअप भएको म्यान्मारका नेपालीभाषीहरूले जनाएका छन्।

म्यान्मार र थाइल्यान्डका नेपालीभाषीहरूले खेमालाई राम्राे साथ दिएका थिए। उनीहरूले उपाधि उचाल्न नसकेपनि दोस्रो रनरअप भएपछि बधाई दिएका छन्।

प्रकाशित मिति: : 2023-09-15 08:45:00

प्रतिकृया दिनुहोस्